शुक्रबार, वैशाख १४, २०८१

प्राविधिक शिक्षालाई प्राथमिकताका साथ अगाडि लैजानु पर्छ : प्रधानमन्त्री

नेपालखोज २०७७ चैत १९ गते १५:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक शिक्षालाई प्राथमिकताका साथ अगाडि लैजानु पर्ने बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

साथै उनले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालको आवश्यकताअनुसारको शिक्षा आजको आवश्यक भएको बताए ।

शिक्षा राम्रो हुन शिक्षक पनि राम्रो हुनु पर्ने बताउदै प्रधानमन्त्री ओलीले शिक्षा विकासको आधार भएको बताए । उनले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजिए पनि खासै परिवर्तन नभएको बताए ।

प्रतिक्रिया