शुक्रबार, वैशाख ७, २०८१

अन्तिम कारोवार दिन बढेर रोकियो नेप्से, झण्डै १३ अंकले बढ्दा सात अर्ब २५ करोडको सेयर किनबेच

नेपालखोज २०७७ चैत १९ गते १६:३२

काठमाडौं । साताको अन्तिम कारोवार दिन पनि नेप्से बढेर नै रोकिएको छ । अघिल्लो दिन ४३ अंकले बढेको नेप्से आज बिहिबार भने १२ दशमलव ८८ अंकले बढेर २६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले बढेर चार सय ६६ दशमलव ४२ अंकमा पुगेको छ ।

आज दुई सय १८ वटा कम्पनीहरुको ७४ हजार दुई सय आठ पटकको कारोवारमा एक करोड ४३ लाख ९० हजार चार सय ४७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणामा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम सात अर्ब २५ करोड नौ लाख २४ हजार एक सय २४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवारा भएकोमा चार वटा समुहको सूचक घटेर नौ वटा समुहको सूचक बढेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सूचक पाँच दशमलव ४३ अंकले बढेर १८ सय ११ दशमलव ५४ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सूचक पनि २५ दशमलव एक अंकले बढेर १३ हजार छ सय ९९ दशमलव ५६० अंकमा पुगेको छ ।

यि बाहेक बिकास बैंक, जलविद्युत, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुवित्त समुहहरुको सूचक पनि बढेकाछन । जीवन बीमा समुहको सुचक भने आज ५६ दशमलव ६६ अंकले घटेर १७ हजार तीन सय छ दशमलव २० अंकमा झरेकोमा होटल तथा पर्यटन, सामुहिक लगानी कोष र लगानी समुहको सूचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा साञ्जेन हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपरतामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।

प्रतिक्रिया