शनिबार, असार २१, २०८२

राष्ट्र बैंकले बढायो सुन आयातको परिणाम

नेपालखोज २०७७ चैत १९ गते १८:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूले दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने व्यवस्था गरेको मिलाएको हो।

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा आज संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । व्यवसायीहरूले लामो समयदेखि सुन आयातको दैनिक कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए । वाणिज्य बैंकहरूले अहिले दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया