सोमबार, वैशाख २४, २०८१

आलिया पनि काेराेना संक्रमित

नेपालखोज २०७७ चैत २० गते ९:५२

बलिउड । बलिउड चर्चित अभिनेत्री आलिया भट्टमा पनि कोरोना संक्रमण भएको छ। केही समय पहिले आलियाको फिल्म गङ्गुबाई काठियावाडीका निर्देशक सन्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको थियो। हाल आलियालाई पनि काेराेना भएकाे हाे ।

त्यसपछि आलियाले पनि कोरोना परीक्षण गरेकी थिइन्। त्यस बेला आलियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि अहले उनमा संक्रमण पुष्टि भएको छ।

केही समय पहिले रणबीर कपुरमा पनि कोरोना पुष्टि भएको थियो। तर, रणबीरले संक्रमण जितिसकेका छन्।

प्रतिक्रिया