शुक्रबार, चैत १६, २०८०

आजदेखि काठमाडौंको फोहोर उठ्ने

नेपालखोज २०७७ चैत २० गते १३:२५

काठमाडैं । काठमाडौं उपतयकाको फोहर आजबाट उठ्ने भएको छ । एक सातादेखि उठ्न नसकेको फोहर काठमाडौं महानगरपालिका र सिसडोलवासीबीच भएके सम्झौता पछि उठ्ने भएको हो ।

सिसडोलका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै चैत १३ गतेदेखि फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् ।

सहमतिको मस्यौदा तयार भइरहे पनि फोहोर बोकेका गाडीलाई सिसडोलमा जान दिइसकेको शिक्षक व्यवस्थापन संघर्ष समितिका संयोजक अनिस शर्मा ढुङगानाले बताए । ‘सहमति भइसकेको छ, हस्ताक्षरका लागि मस्यौदा तयार भइरहेको छ,’ उनले भने, ‘फोहोरका गाडीलाई सिसडोल ल्याण्डफिल साइटमा जाने अनुमति दिइसकेका छौं ।’

सहमतिअनुसार महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकालाई पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन–तीन करोड रुपैयाँ दिने भएका छन् ।

प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने भएको छ ।

प्रतिक्रिया