‘मेलम्चीको पानी काठमाडौं आउनुले कांग्रेस सामर्थ्यको पुष्टि भयो’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आउनुले कांग्रेस सामथ्र्यको पुष्टि भएको बताएका छन् । यसले आगामी दिनमा नविन परियोजनातर्फ देशलाई लैजानका निम्ति मार्ग प्रशस्त गर्ने पनि उनले बताए । नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि उनले बताए ।
मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा सञ्चारकमीसँग कुरा गर्दै प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंबासिले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन् । मेलम्चीको पानी काठमाडौं ल्याइपु¥याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन नसक्ने उनले बताए ।
उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिएपनि उपत्यकाबासिले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे । उनले भने, ‘एउटा विकासको परियोजना ऐतिहासिक रुपमा यसरी सम्पन्न हुँदै गर्दाखेरी, यसलाई गौरवका साथ लिदै गर्दाखेरी कसैको पनि आलोचना गरिरहने भन्दापनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरीछ । कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गासिने नाम हो । कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न शुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो । न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिस्र्यो होला, मन्त्रीजीले बिर्सिनु भयो होला, अरुले बिर्सिनुभयो होला तर उपत्यकाबासि कसैलेपनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।’
प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले कांग्रेस सामथ्र्यको पुष्टि भएको पनि बताएका छन् । यसले आगामी दिनमा नविन परियोजनातर्फ देशलाई लैजानका निम्ति मार्ग प्रशस्त गर्ने बताए । नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि बताए ।
प्रतिक्रिया