संखुवासभामा बस दुर्घटना, १३ जना सख्त घाइते
नेपालखोज
२०७७ चैत २० गते १४:४९

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका ४, पुलुवाखोलानजिकै भएको बस दुर्घटनामा १३ जना सख्त घाइते भएका छन् । संखुवासभाको मादीबाट धरानतर्फ जाँदै गरेको बस पुलुवाखोलानजिकै दुर्घटनामा परेको हो ।
बसमा ४० यात्रु रहेको बताइएको छ । सख्त घाइतेहरुलाई उपचारार्थ घोपा क्याम्प धरान लगिएको छ ।अन्य सामान्य घाइतेहरुलाई उपचारका लागि स्वास्थ्यचौकी चैनपुरतर्फ लगिएको छ ।
दुर्घटनामा उद्धारका लागि ४ नम्बर गुल्मको टोली र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।
सम्बन्धित
प्रतिक्रिया