बिहीबार, वैशाख १३, २०८१

दाउद र अन्डवर्ल्डको पछि किन लाग्छ बलिउड ?

नेपालखोज २०७७ चैत २० गते १६:४२


काठमाडौं । भारतमा मात्रै होइन । समग्र विश्वको ध्यान आकर्षण गर्ने कला क्षेत्र हो । जहाँको कलाकारको उदय, कथाको विकास विस्तार र धेरै मात्रामा पैसाको खोलो बग्ने गर्छ । आम्दानी र खर्चको हिसाबले बलिउड विश्वको दोस्रो ठूलो कलाको कारोबारको क्षेत्र हो ।

बलिउडमा देखाइने दृष्य र उठान गरिने विषयवस्तुबारे धेरै चर्चा बहस र अदालतसम्म मात्रै होइन राजनीतिक एजेन्डासमेत बन्ने गर्छ । जसभित्र पर्ने गर्छ- अन्डरवर्ल्डको कुरा पनि । ९० को दशकको कुरा गर्ने हो भने बलिउडको ठूलो पर्दामा धेरै कथाले जन्म लिए । जसको पृष्ठभूमि कि त अन्डरवर्ल्ड छ कि त आतंकवादद्वारा गरिएको हमलाको कथा थियो ।

ठूला पर्दामा देखाइएका आतंकको झल्को जुन वास्तविक जीवनमा डनले कहिले दुनियाँमा देखाएका थिए । बलिउडमा जोडिएका जति पनि ठूला नाम छन्, उनीहरूको कथामा निर्माण भएका चलचित्रमा दर्शकले खुब रुचाएका छन् । त्यसमा चाहे अन्डरवर्ल्ड डन दाउद इब्राहिम होस् या अपराधको दुनियाँको दोस्रो ठूलो ग्याङस्टार छोटा राजन, माया डोलस, मान्या सुर्वे सबैलाई दर्शकले पर्दामा देखिसकेका छन् ।

८० र ९० को दशकमा मुम्बई र यहाँको बन्दरगाहमा अन्डरवर्डको एक किसिमको बोलवाला हुने गर्थ्यो । १९९३ मा मुम्बईमा भएको सिरियल बम विस्फोटपछि अन्डरवर्ल्ड प्रहरी निसानामा परेको थियो । बलिउडमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्देशक अनुराग कश्यपदेखि रामगोपाल बर्मासम्मका कैयौं निर्देशकले दाउद इब्राहिमको भूमिका उतार्ने प्रयास गरेको देखिन्छ ।

दाउदको भूमिकामा निर्माणमा भएको चर्चित चलचित्रका रुपमा अनुराग कश्‍यपको ब्ल्याक फ्राइडेलाई लिइन्छ । रामगोपाल बर्माको कम्पनी र निखिल अडवानीको डी डे पनि एक हो ।

यस्तै, मिलन लुथरियाले ‘वान्स ओपन ए टाइम इन मुम्बई’मा अन्डरवर्ल्ड डन दाउदको उदयको देखाइएको थियो । यो चलचित्रबाहेक हसिना पारकर र वेब सिरिज ‘एक थी बेगम’ मा पनि दाउदको भूमिका देखाइएको थियो ।

सन् २००२ मा आएको चलचित्र ‘कम्पनी’को कथा दाउद इब्राहिमको जीवनमा आधारित थियो । उक्त चलचित्रमा मुख्य कलाकारमा अजय देवगन थिए । उनले चलचित्रमा दाउदको भूमिका निर्वाह गरेका थिए । यो चलचित्रबाट विवेक ओबरायले आफ्नो करियरको सुरुवात गरेका थिए ।

अब २०२१ मा एकपटक फेरि प्रख्यात चलचित्र निर्माता रामगोपाल बर्मा ‘डी कम्पनी’ लिएर आउँदै छन् ।

दाउदको सुरुवात दिनको कथा हो ‘डी कम्पनी’
बीबीसी हिन्दीलाई दिएको एक अन्तर्वार्तामा आफ्नो चलचित्र ‘डी कम्पनी’ बारेमा बोल्दै रामगोपाल बर्माले एकपटक पुनः मुम्बईको ग्याङ स्टार दाउद इब्राहिमलाई देखाउने बताएका छन् । उनले भने, ‘म एकपटक पुनः डी कम्पनीमार्फत दर्शक माझ आउँदै छु । जुन चलचित्रमा एकपटक पुनः मुम्बईको ग्याङस्टारलाई देखाउँदै छु ।’

उनले भने, ‘२००२ मा आएको चलचित्र दाउद इब्राहिम र छोटा राजनबीचको लडाइँमा आधारित थियो तर योपटकको कथा दाउदको सुरुवाती जीवनको हो । कसरी दाउद बने मुम्बईको डन र कसरी सुरु गरे उनले आफ्नो डी कम्पनी ।’

बलिउड दाउदको जीवनलाई पर्दामा देखाउन किन यति बेचैन हुन्छ ? भन्‍ने प्रश्नको उत्तरमा रामगोपाल बर्माले भने, ‘अपराध एक यस्तो चिज हो जो दर्शकलाई आकर्षण गर्छ । पत्रिका वा टीभीमा आमनागरिक उनीहरूको कुरामा बढी आकर्षित हुन्छन् ।’

दाउदलाई पर्दामा किन देख्न चाहन्छन् दर्शक ?
ग्याङस्टार चलचित्रमा दाउदको चर्चा गर्दै भारतीय पत्रका अजय ब्रह्मात्मज दाउदको नाममा एक रहस्य रहेको बताउँछन् । उनी भन्छन्, ‘कहिले कसैले दाउदको भिडियो वा तस्बिर देखिएको छैन । एक तस्बिर छ जुन धेरै पहिले शारजाह स्टेडियमबाट आएको थियो । एक-दुई पार्टीमा खिचेको तस्बिर छ । त्यसकारण कसैलाई पनि थाहा छैन कि उनि कस्ता देखिन्छन् ।’
-बीबीसी

प्रतिक्रिया