शनिबार, वैशाख १५, २०८१

रु रु जलविद्युतको आइपीओका लागि पर्‍यो एकैदिन १० गुणा बढी आवेदन

नेपालखोज २०७७ चैत २० गते १९:४४

काठमाडौं । रु रु जलविद्युतले सर्वसाधारणका लागि विक्रीमा ल्याएको आइपीओमा पहिलो दिन १० गुणा बढीको आवेदन परेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा २ लाख ६७ हजार ९४३ जना आवेदकबाट ४१ लाख २६ हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओको १०.८८ गुणा धेरै हो।

रु रु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको छ।

कुल निष्कासन मध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि चैत २४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा बैशाख ३ गतेसम्म म्याद थप गरिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया