शुक्रबार, चैत १६, २०८०

‘संकलित गद्यरचना’ सार्वजनिक

नेपालखोज २०७७ चैत २१ गते ८:५७

काठमाडौं। तिखो समालोचना र कवितामा स्थापित साहित्यकार हरि अधिकारीको नयाँ कृति ‘संकलित गद्यरचना’ सार्वजनिक भएको छ।

उनको नयाँ पुस्तक अग्रिम बुकिङ गर्ने पाठकका हातमा पुर्याइएको हो।

शनिबार उनको पुस्तकमाथि परिचर्चा आयोजना गरियो।
२३ वटा संस्मरणात्मक शैलीका निबन्ध राखिएको पुस्तकमा पूर्वप्रकाशित रचनाको बाहुल्य छ।

सुन्दर भाषाशैली रहेको पुस्तकमा अशुद्ध हिज्जेले भने पाठकलाई दिक्क बनाउँछ।

प्रतिक्रिया