आइतबार, जेठ ६, २०८१

माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड सार्वजनिक

नेपालखोज २०७७ चैत २१ गते १४:१५

काठमाडौं । माछापुच्छ्रे बैंक लि. ले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहजबनाउने उद्धेश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याक लेस कार्ड सेवा संचालनमा ल्याएको हो । कन्ट्याक लेस कार्ड सेवा अन्तर्गत कन्ट्याकलेसकार्डको प्रयोग गरी (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ’ट्याप एण्ड पे’ सुविधायुक्त मा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।

कन्ट्याकलेस कार्ड अन्र्तगत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने दुई हजार भन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ । बैंकले उक्त सेवा आफ्ना अधिकांश पस मसिनलाई ’ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको छ । उक्त सुबिधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्नेछन ।

प्रतिक्रिया