बिहीबार, वैशाख १३, २०८१

पत्रकार होम कार्कीको सनैया बजारमा

नेपालखोज २०७७ चैत २२ गते ९:३६



काठमाडौं । पत्रकार होम कार्कीको सनैया नामक पुस्तक बजारमा आएको छ । कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीका रिपोर्टिङमा संलग्न छन्। त्यसै सन्दर्भसँग जोडिएर उनको यो पुस्तक बजारमा आएको हो ।

उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने नेपाली युवाहरुको कथा यसमा लेखिएको कार्कीले जनाएका छन् । ती मान्छेहरुले भोगेको वेदानाहरु पुस्तकमा समाहित छन् । सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका योद्धाहरुको कथामा आधारित छ सनैया ।

कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका उनीहरूको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ।

यिनै नेपाली युवालाई अरबको गर्मीमा पछ्याउँदै पत्रकार होम कार्कीले लेखेको पुस्तक हो– ‘सनैया’ ।

प्रतिक्रिया