कांग्रेसले थप्यो क्रियाशील सदस्यता वितरणको समय

नेपालखोज २०७७ चैत २२ गते १०:४९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरेको छ । शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरेको हो ।

यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने गरी कार्यतालिका बनाएको कांग्रेसले ९ जिल्लाले क्रियाशीलको काम नै नगरेपछि समय थपेको छ ।

जिल्लाले चैत ३० भित्र क्रियाशील वितरण गरी केन्द्रमा विवरण पठाउनुपर्नेछ ।

यस्तै वैशाख १० गतेभित्र क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने समय छ ।

क्रियाशील सदस्यताको अन्तिम सूची सभापति शेरबहादुर देउवालाई जेठ १७ भित्र बुझाइसक्नुपर्ने कार्यतालिका बनाइएको कांग्रेसले जनाएको छ । कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका यसअघि नै बनाएको छ ।

प्रतिक्रिया