बिहीबार, असार १९, २०८२

चार मुलुकका नागरिकलाई बेलायत प्रवेशमा रोक, भारत भने परेन

नेपालखोज २०७७ चैत २२ गते ११:१६

काठमाडाैं । नयाँ काेराेनाबाट बच्नकाे लागि बेलायतले चार मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ।

तर यसमा भारत भने परेकाे छैन । एसियाली मुलुकमा भारत पनि नयाँ काेराेनाकाे चपेटामा परेकाे छ । बेलायतले एसियाका चार मुलुकलाई प्रतिबन्ध लगाए पनि काेराेनाले थलिएकाे भारत यसमा अटाएन ।

बेलायतले आगामी शुक्रबारबाट लागु हुनेगरी फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेकाे हाे ।

प्रवेश प्रतिबन्ध लगाइएका मुलुक भ्रमण गरी स्वदेश फर्किएका नागरिकलाई समेत सरकारले तोकेका होटलमा १० दिन अनिवार्य आाइसाेलेसन रहनुपर्ने बेलायती सरकारले नयाँ नियम लगाएकाे छ ।

काेराेनाकाे डर लाग्दाे अवस्थालाई मध्य नजर गरी बेलायतले यसाे गरेकाे जनाएकाे हाे

facebook sharing button
twitter sharing button
sharethis sharing button

प्रतिक्रिया