जोर्डनका पूर्वयुवराज हमजालाई नजरबन्द
नेपालखोज
२०७७ चैत २२ गते ११:३९

एजेन्सी । जोर्डनका पूर्वयुवराज हमजा बिन हुसेनलाई नजरबन्दमा राखिएकाे छ । हमजाले देशका नेताका बारेमा विभिन्न आलोचना गर्दै आएका थिए । साेही कारण उनी नजरबन्दमा परेको बीबीसीले जनाएको छ।
एजेन्सीहरुलाई मान्ने हाे भने सुरक्षाको कारण देखाउँदै उनलाई नजरबन्दमा राखिएको हाे । राजकुमार हमजा किङ अब्दुल्लाका सौतेनी भाइ हुन् । हुसेनले जाेर्डनका नेताहरुलाई भ्रष्टाचार र अक्षमताको आरोप लगाउँदै आएका थिए ।
देशकाे अवस्था बिग्रनुमा सरकारमा रहेकाे नेताहरुकाे पथभ्रष्टता हाे भन्ने उनलाई सुरक्षा चुनाैती हुनसक्ने कारण नजरबन्द बनाइएकाे हाे ।
यद्यपि यस विषयलाई त्यहाँको सेनाले इन्कार गर्दै आएको थियो।
सम्बन्धित
प्रतिक्रिया