न्यायका लागि मानव अधिकारद्वारा म्यानमारका जनतामाथि भएको दमनको भर्त्सना

नेपालखोज २०७७ चैत २२ गते १२:१३


काठमाडौं । न्यायका लागि मानव अधिकार भन्ने संस्थाले म्यानमारमा भएको दमन विरुद्धमा विज्ञप्ति जारी गर्दै म्यानमारको सैन्य कूको भर्त्सना गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ ‘सत्ता आफ्नो हातमा लिने कदम र लोकतन्त्र र लोकतान्त्रिक सरकारको पूनर्वाहाली गर्न विश्वव्यापी मानवअधिकारको रुपमा रहेको शान्तिपूर्वक भेला एवं प्रर्दशनमा ओर्लिएका निहत्था सर्वधासाधारण नागरिकहरुमाथि भएको गोली प्रहार, कुटपिट, धरपकट, यातना, दुव्र्यवहार लगायतका कायरतापूर्ण बर्बर कार्यको यस संजाल जोडदार रुपले भत्सना गर्दछ ।’

सञ्जालले ‘संयुक्त राष्ट्र संघको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगायत बर्मा पक्षमा भएका विभिन्न मानवअधिकार सन्धिहरु एवं अन्य अन्तराष्ट्रिय कानूनहरुले संरक्षित गरेको आफ्नो शासन व्यवस्था आफैंले चयन गरी साशित हुने “आत्म निर्णयको अधिकार” को प्रयोग गरी सन् २०२० मा भएको निर्वाचनमा म्यानमारका जनताले नेशनल लिग फर डेमोक्रेसीलाई करिव दुईतिहाई मत दिई सरकार गठनमा ईच्छा जाहेर गरेकोमा उक्त जनमतको अवमुल्यन हुने गरी निर्वाचिबाट छानिएको प्रजातान्त्रिक सरकारलाई बिस्तापित गर्नु लज्जाको विषय हो । ’

सञ्जालले थपेको छ ‘सेनाले म्यानमारको राजकीय सत्ता आफ्नो हातमा लिने कदम र लोकतन्त्र र लोकतान्त्रिक सरकारको पूनर्वाहाली गर्न विश्वव्यापी मानवअधिकारको रुपमा रहेको शान्तिपूर्वक भेला एवं प्रर्दशनमा ओर्लिएका निहत्था सर्वधासाधारण नागरिकहरु माथी भएको गोली प्रहार, कुटपिट, धरपकट, यातना, दूव्र्यवहार लगायतका कायरतापूर्ण बर्बर कार्यको यस संजाल जोडदार रुपले भत्सना गर्दछ ।’

सञ्जालका प्रमुख ईन्द्र प्रसाद अर्याल बताउँछन् , यस संजाल त्यस्ता किसिमका बर्बरतापूर्ण अमानवीय मानवअधिकार उल्लंघनका घटनाका दोषीहरुलाई कारबाही गरी म्यानमारका जनताको लोकतन्त्र प्राप्तिको लडाईमा दरिलोसंग सहयोग र समर्थन गर्न अन्तराष्ट्रिय समुदाय, नेपाल सरकार, नेपालका राजनैतिक दलहरु, पेशागत संघसंगठनहरु एवं न्यायप्रेमी जनसमुदाय समक्ष जोडदार अपिल गर्दछ ।’

जारी विज्ञप्तिमा भनिएको छ कि ‘कुनै पनि बर्बरतापूर्ण दमनकारी कार्यले सत्ताको आयु लामो नहुने नेपाल तथा विश्वका अन्य मुलुकको अनुभववाट पाठ लिंदै म्यानमारको शासनसत्ता जनअभिमत प्राप्त राजनैतिक दललाई अबिलम्व फिर्ता गरी म्यानमारका जनताको लोकतन्त्र प्राप्तिको पबित्र गन्तव्य साकार पार्न म्यानमारको सैनिक सत्तासंग जोडदार माग गर्दछ । ’

सञ्जालले म्यानमारका जनताको लोकतन्त्र, मानवअधिकार र न्याय प्राप्तिको सबै किसिमहरुका प्रयत्नमा आफ्नो एेक्यवद्धता व्यक्त गर्न नेपालका राजनैतिक दलहरु, पेशागत संघसंगठनहरु एवं न्यायप्रेमी जनसमुदाय लगायत सबैलाई आफ्नो एेक्यवद्धता प्रर्दशन गर्न हार्दिक अपिलसमेत गरेको छ ।

प्रतिक्रिया