आइतबार, जेठ ६, २०८१

एभरेष्ट बैंकको सीईओमा खालिङ

नेपालखोज २०७७ चैत २२ गते १९:०६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । सिटिजन्स बैंकको सञ्‍चालक रहेका खालिङले एभरेष्टको सीईओ बन्ने भएपछि १५ दिनअघि पदबाट राजीनामा दिएका थिए ।

यो बैंकले २५ वर्षदेखि भारतीयलाई सीईओ बनाउँदै आएको थियो । खालिङ पहिलोपटक एभरेष्ट बैंकमा नेपाली सीईओ बनेका हुन् ।

बैंकिङ क्षेत्रमा उनको ३० वर्षभन्दा बढीको अनुभव छ । ‘आज (आइतबार) नियुक्तिपत्र हात परेको छ,’ उनले भने, ‘अबको केही दिनमा कार्यभार सम्हाल्छु ।’

प्रतिक्रिया