मंगलबार, कार्तिक २०, २०८१

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपालखोज २०७७ चैत २२ गते २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई/दुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमले १५ दिनमा ८८ करोड रुपैयाँका दरले घाटामा रहेको दाबी गरेको छ ।

प्रतिक्रिया