हिमाल आरोहणका लागि थप ४० जनालाई अनुमति
नेपालखोज
२०७७ चैत २२ गते २२:०२

काठमाडौं । वसन्त ऋतुमा नेपालका हिमाल आरोहण गर्न आइतवार थप ४० जनाले अनुमति लिएका छन् ।
आइतवार ल्होत्से हिमाल आरोहणका लागि दुई समूहका २३ जना, नुप्त्सेका लागि १४ जना र धौलागिरि हिमालका लागि तीन जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन । योसँगै वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या दुई सय ५७ पुगेको छ ।
सरकारले वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेबाट अहिलेसम्म १९ करोड ५३ लाख ७७ हजार नौ सय ५९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया