अंग्रेजी अक्षर U बाट नाम हुने मानिस कस्ता हुन्छन् ?
U बाट नाम सुरु हुने मान्छेहरु विलासी स्वभावका हुन्छन् । यिनीहरु जीवनभरि मोजमस्ती र हाइफाइको जीवन बाँच्ने चाहना राख्दछन् । यिनीहरुले विलास गर्न कुनै पनि कुरा बाँकी राखेका हुँदैनन् । यी बचपनमा एकदमै सुखसयलमा हुर्केका हुन्छन् । त्यसैकारण यिनीहरु जीवनभर त्यसैगरी बाँच्न चाहेका हुन्छन् । यिनीहरु सानो उन्नतिबाट मन खुशी बनाउँदैनन् । यिनीहरुको मन हमेसा ठूलाठूला चाहना राख्ने हुन्छ । यी उन्नति प्रगतिका एकदमै भोका रहने कारण अप्ठेरो बाटोमा पनि हिँडिरहेका हुन्छन् । यिनीहरुको जीवन विवादहरुले भरिएको हुन्छ ।
यिनीहरुको जीवनसाथी एकदमै मिहिनेती र कर्मयोगी हुने गर्दछन् । यिनीहरुलाई यिनको जीवनसाथीको परिवारका सदस्यले धेरै सहयोग गरेका हुन्छन् । यी चुनौतीहरुसँग जीवनभर भिडिरहन्छन् । यिनीहरु राजनीतिका क्षेत्रमा पनि अत्यन्तै सक्रिय भएर लागेका हुन्छन् । यिनीहरु समाजका हरेक तप्काका मान्छेहरुसँग भिजेर काम गर्न रुचाउँछन् । यी अवसर प्राप्त नहुने कामदेखि टाढा रहन रुचाउँछन् । यी थोरै फाइदावादी हुन्छन् । यिनीहरु शारिरिक काममा मात्र होइन मानसिक काम गर्न पनि अत्यन्तै सक्रिय हुन्छन् । यिनीहरुको दिमागमा अनेक किसिमका खुरापातहरु पनि रहेको हुन्छ ।
यी सन्तानको भविष्य बनाउन निकै संघर्ष गर्दछन् । यिनीहरुले आफ्ना सन्तानबाट प्रशस्त सहयोग प्राप्त गर्दछन् । यिनका सन्तान बचपनमा अत्यन्तै खर्चालु हुने गर्दछन् । यिनीहरुको सन्तानको आँखामा हर समय ब्रान्डेड सामानको लालसा हुन्छ । यिनीहरुलाई त्यो कुरा दिन अभिभावकले धेरै त्याग गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
यी थोरै रिसाहा प्रवृत्तिका हुन्छन् । यिनीहरु रिसाए भने लामो समय रिसाएको मान्छेसँग बोल्दैनन् । यिनीहरुको रिस लामो समयसम्म रहिराख्छ । यिनीहरु धेरै किसिमका दुश्मनी पनि निभाइरहेका हुन्छन् । यी निकै चर्को वादविवादमा उत्रिएका हुन्छन् ।
प्रतिक्रिया