सोमबार, कार्तिक २६, २०८१

माओवादीलाई गोकुल बाँस्कोटाको प्रश्‍न : समर्थन फिर्ता लिन किन नसकेको ?

नेपालखोज २०७७ चैत २३ गते १४:५३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर राजनीतिक निकास नदिएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले भने, ‘सरकार काम चलाउन रे ? कसरी हुन्छ ? समर्थन आफू गर्ने ? समर्थन फिर्ता लिन नसक्ने ? अर्को पार्टीसँग मिलेर सरकार बनाएर एजेण्डा ल्याउन नसक्ने ? कसरी कामचलाउ भयो ? त्यस्तो लाग्छ भने समर्थन फिर्ता लिनुहोस् त्यसपछि एउटा लयमा जान्छ । राजनीतिको मैदान खुल्ला छ ।’

उनले जनताको बीचमा जान सबैलाई स्वतन्त्र र जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ? भनेर प्रश्नसमेत गरेका छन् । उनले अहिले ताजा जनादेशमा जानुको विकल्प नभएको दाबी गरे । अहिलेको परिस्थितीलाई बुझेर प्रधानमन्त्रीले संसद भंग गरेको सुनाए ।

प्रतिक्रिया