बिहीबार, चैत १५, २०८०

मुकेश अम्बानी बने विश्‍वकै चौधौं धनी, यस्ता छन् भारतका दश धनाढ्य !

नेपालखोज २०७७ चैत २३ गते १९:२४

नयाँदिल्ली । शि‍व नाडर, गौतम अडानी आदि दिग्गजहरुलाई पछाडि छाड्दै रिटेल चेन चलाउने कम्पनी डी मार्टका संस्थापक राधाकृष्ण दमानी भारतकै दोस्रो सर्वाधिक धनीको सूचीमा समेल भएका छन् । राधाकृष्णभन्दा माथि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी छन् ।

राधाकृष्ण दमानीको कुल सम्पत्ति करिब १७ दशमलव ५ अर्ब डलर (नेपाली दुई सय करोड रुपैयाँ) पुगेको बताइन्छ भने सर्वाधिक धनी मुकेश अम्बानीको सम्पत्ति ५७ दशमलव ४ अर्व डलर छ । राधाकृष्ण दमानी सेयर बजारका दिग्गज लगानीकर्ता पनि हुन् ।

विश्व प्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार मुकेश अम्बानी संसारकै चौधौं र भारतको सर्वाधिक धनीको स्थानमा छन् । संसारका पाँच सय सर्वाधिक धनी व्यक्तिको सूची जारी गर्ने भेराइटी म्यागजिनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीसहित दश भारतीयलाई स्थान दिएको छ । जसमा बलिउड सुपरस्टार शाहरुख खान, आमिर खान, चलचित्र निर्माता आदित्य चोपडा, एकता कपुर, रोनी स्क्रुला, सिद्धार्थ रोय कपुर आदि समावेश छन् ।

विश्वका धनीहरुको सूचीमा १४औं तथा भारतको सूचीमा पहिलो स्थान ओगट्ने मुकेश अम्बानीको सम्पत्ति ५७ दशमलव तीन अर्ब डलर छ भने उनको मुख्य व्यवसाय पेट्रोकेमिकल्स, तेल र ग्यासको क्षेत्रमा छ ।

संसारको २६९ तथा भारतका दोस्रो धनी राधाकृष्ण दमानी र उनको परिवारको कुल सम्पत्ति १७ दशमलव ५ अर्ब डलर छ । दमानी परिवारले सेयर लगानी तथा रिटेल व्यवसायबाट उक्त सम्पत्ति जोडेको हो ।

संसारकै ३८४औं तथा भारतका तेस्रो धनी शिव नडारको कुल सम्पत्ति १६ दशमलव ४ अर्ब डलर छ । नडार सफ्टवेयरको कारोबारमा संलग्न छन् । विश्वको सूचीमा ४८औँ स्थानमा आउने चौथा भारतीय धनी उदय कोटकको सम्पत्ति १५ अर्ब डलर छ । कोटक बैंकिङ क्षेत्रमा सक्रिय छन् ।

भारतको पाँचौं धनी गौतम अडाणीको सम्पत्ति १३ दशमलव ९ अर्ब डलर छ । उनी कमोडिटी र बन्दरगाहका कारोबारी हुन् । भारतका छैटौं धनी लक्ष्मी मित्तलसँग १२ दशमलव १ अर्ब डलरबराबरको सम्पत्ति छ । उनी स्टिल उत्पादनको क्षेत्रमा सक्रिय छन् ।

यस्तै भारतको सातौं धनीको स्थानमा सूचीकृत सुनील मित्तलको परिवारसँग ११ दशमलव ८ अर्ब डलर सम्पत्ति छ । उनको मुख्य लगानी टेलिकममा छ ।

भारतको आठौं स्थानमा साइरस पुनावाला छन् । जसको सम्पत्ति ९ दशमलव ८ अर्ब डलर छ । उनको लगानी भ्याक्सिन तथा टेलिकममा छ ।

भारतको नवौं धनीको स्थानमा रहेका कुमार बिडलासँग ९ दशमलव आठ अर्ब डलर छ । उनी कमोडिटी व्यापारमा संलग्‍न छन् । यसैगरी भारतको दशौं धनीमा सूचीकृत वेणु गोपालको कुल सम्पत्ति सात दशमलव आठ अर्ब डलर छ । उनी सिमेन्ट व्यवसायमा संलग्‍न छन् ।

प्रतिक्रिया