शुक्रबार, वैशाख १४, २०८१

अदिति बुढाथोकी बाबरी क्याफे बनाउन नेपालमा

नेपालखोज २०७७ चैत २४ गते १२:११

काठमाडाैं । बाबरी क्याफेकाे छयाङ्कन गर्न नायिका अदिति बुढाथोकी नेपाल आएकी छिन् । गत वर्ष उनले आफैंले निमार्ण गर्न लागेको सो चलचित्र लकडाउनका कारण सुटिङ हुन सकेको थिएन । हाल उनी सो चलचित्र बनाउने मनसाय लिएर नेपाल आएको बुझिएको छ ।

पहिलो चलचित्र ‘कृ’पछि उनी दर्शकमाझ आउनका लागि आतुर थिइन् । तर त्यसमा काेराेना बाधक भइदियाे ।

उनै, नायिका फेरि चलचित्रको छायांकनका लागि नेपाल आएकी छिन् । मुम्बइबाट नेपाल आएर अदिती यतिबेला वर्कशपमा व्यस्त छिन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको यो लभ स्टोरी चलचित्रको छायांकन वैशाखको २ गतेबाट सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

प्रतिक्रिया