शुक्रबार, वैशाख १४, २०८१

चैत २९ देखि दराजको ‘नयाँ वर्षको भव्य सेल’

नेपालखोज २०७७ चैत २४ गते १७:२५

काठमाडौं । दराजले चैत्र २९ देखि नव वर्षको भव्य सेल सुरु हुने घोषणा गरेको छ । नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको जनाएको छ ।

नव वर्षको प्रमुख आकर्षणहरूमध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा एक हजारदेखि १५ सय रुपैयाँसम्म छुट् पाउन सक्नेछन् । डेबिट कार्ड भएकाहरूले एक हजारसम्मको थप छुट पाउनेछन् र क्रेडिट कार्ड भएकाहरूले १५ सयसम्मको थप छुट पाउनेछन् ।

नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक पेमेन्टर पार्टनर रहेको कम्पनीले जनाएको छ।

साथै ग्राहकहरुले आफ्नो ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि सयसम्मको विशेष छुट पाउन सक्छन् । त्यति मात्र नभइ, ग्राहकहरुले खेल १ रुपैयाँको, एड टू कार्ट, मिशन नव वर्ष जस्ता गेमहरुमा भाग लिइ थुप्रै उपहार जित्न सक्ने कम्पनीको भनाइ छ ।

‘दराज नव वर्ष २०७८’को लागि उत्साहित भएको दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए ।

उनले भने, ‘गएको एक वर्ष महामारीको कारणले समय निकै कठिन थियो। तर हामी विश्वस्त छौँ कि नयाँ वर्ष २०७८ हामी सबैको लागि राम्रो समय रहने छ । हामी हाम्रो नयाँ वर्षको भव्य सेल सुरु गर्न धेरै उत्साहित छौँ । हजारौँ विक्रेता र ब्रान्ड पार्टनरहरूको साथ हामी विभिन्न नयाँ उत्पादहरू, आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु र अनलाइन भुक्तानीमा विशेष साझेदार छुटहरु लिएर आउदै छौँ । मलाई आशा छ कि यस अभियानले हाम्रा सबै ग्राहकहरुका लागि उत्तम अवसरको रूपमा काम गर्नेछ र उहाँहरुको सबै किनमेल आवश्यकताहरु पूरा गर्नछ ।’

प्रतिक्रिया