शुक्रबार, वैशाख १४, २०८१

अंग्रेजी अक्षर W बाट नाम सुरू हुनेहरू कस्ता हुन्छन् ?

नेपालखोज २०७७ चैत २५ गते ६:५५

W अक्षरबाट नाम सुरू हुने मानिसहरू पनि M अक्षरबाट नाम सुरू हुनेहरूजस्तै सेलिब्रेटी टाइपका हुन्छन् । यी अन्धविश्वासको विरोधी हुन्छन् । यिनीहरुको जीवन आधा आस्तिकता र आधा नास्तिकतामा बितेको हुन्छ । यिनीहरु पावरलाई सही सदुपयोग गर्ने लक्षमा रहेका हुन्छन् । यी शक्तिशाली मान्छेहरुसँग राम्रो सम्बन्ध बनाउन हमेशा लागिरहेका हुन्छन् ।यिनीहरुका बच्चाहरुले यिनको नामलाई एकदमै उँचो बनाउने सम्भावना रहन्छ । 

यी बेकारका झमेलाबाट टाढा रहन मन पराउँछन् । यिनीहरु स्वार्थी हुँदैनन् । यिनका स्वार्थहरु सजिलै अरु मान्छेले बुझिदिने कारण यी झण्झटमुक्त जीवन बाँचेका हुन्छन् । यिनीहरुको नोकर चाकर प्रशस्त मात्रामा रहेको हुन्छ । यिनीहरुले इतिहास र परम्परालाई एकदमै ध्यान दिएका हुन्छन् । यिनीहरुले कुन किसिमको निर्णय लिन्छन् भन्ने कुरा आँखै अगाडि चौबिस घण्टा रहने मान्छेले पनि चाल नपाएको हुनसक्छ ।

यिनीहरु नेतृत्व लिन आतुर हुन्छन् । यी आफूले भने जस्तो नभएमा एकलकाटे भएर पनि जीवन बिताइरहेको देख्न सकिन्छ । यी धन सम्पत्तिको ज्यादै चाहना राख्ने कारण कहिले काँहि दुर्घटनामा पनि परिरहेका हुन्छन् । यिनीहरुको पेशा स्थिर रहँदैन । यी विभिन्न खाले पेशा परिवर्तन गर्दै हिँडेका हुन्छन् । त्यसैले यिनीहरु आफ्नो मान्छेलाई राम्रो ठाउँमा पुर्याउन विभिन्न खाले पक्षपात पनि यिनीहरुले गरेका हुन्छन् ।

यिनीहरुलाई कमाएको धन खर्च भएको स्थानको जानकारी पनि हुँदैन । यी मोजमस्तीमा पनि धेरै पैसा खर्च गरिरहेका हुन्छन् । यिनीहरु हाइफाईको जीवन बाँचिरहेका हुन्छन् । यिनीहरु हल्लाखल्ला गर्ने स्वभावका हुन्छन् । यिनीहरु घरपरिवार कार्यालयमा हाँसिमजाकको सिर्जना गरिरहन्छन् ।

प्रतिक्रिया