बिहीबार, वैशाख १३, २०८१

बुधबार नेप्सेमा सामान्य अंकले गिरावट

नेपालखोज २०७७ चैत २५ गते १८:०८

काठमाडौं । बुधबार नेप्से झण्डै तीन अंकले घटेको छ । अघिल्लो दिन १५ दशमलव ७२ अंकले बढेको नेप्से आज दुुई दशमलव ८५ अंकले घटेर २६ सय ७१ दशमलव ६१ अंकमा झरेको हो । सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ६२ अंकले बढेर चार सय ७६ दशमलव ८० अंकमा पुगेको छ । नेप्सेमा आज दुुई सय १५ वटा कम्पनीहरुको ७६ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड ६५ लाख ९३ हजार पाँच सय एक कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम सात अर्ब २६ करोड ६९ लाख ७२ हजार पाँच सय ७० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव २३ अंकले बढेर १८ सय १९ दशमलव छ अंकमा चढेकोमा होटल तथा पर्यटन समुहको सुचक पनि दुुई सय ३२ दशमलव ६४ अंकले बढेर चार हजार ९८ दशमलव ६८ अंकमा चढेको छ ।

यसैगरी बिकास बैंक, लघुुबित्त, फाईनान्स र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन् । जलविद्युुत समुहको सुचक भने आज ३३ दशमलव तीन अंकले घटेर २६ सय ३७ दशमलव ७१ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ६ दशमलव ६९ अंकले घटेर १७ हजार एक सय २३ दशमलव ९४ अंकमा झरेको छ । यि बाहेक निर्जिवन बीमा, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन् ।

आज महिला लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९९ प्रतिशतले बढेर नौ सय २५ रुपैयाँमा कारोवार हुँदा रैराङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दशमलव २६ प्रतिशतले घटेर तीन सय ८३ रुपैयाँमा कारोवार भएको छ । आज पनि नेपाल इन्फ्रास्ट्रक्चर बैकको सबै भन्दा बढी रकम कारोवार भएको छ । उक्त बैंकको प्रतिकित्ता पाँच सय ९२ रुपैयाँ अन्तिम मुल्यमा २७ करोड ६३ लाख २५ हजार चार सय २१ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया