शुक्रबार, चैत १६, २०८०

एनसीसी बैंक र आगन्तुक रिसोर्टबीच विभिन्न सुविधा सहितको सम्झौता

नेपालखोज २०७७ चैत २६ गते १०:१०


काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा २५ वर्ष देखी सरल, सहज र भरपर्दो बैंकिङ सेवाप्रदान गर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरुलाई विभिन्नप्रकारकासेवा सुविधाहरु प्रदन गर्दे आएको छ । बैँकले ल्याएकाविभिन्नप्रकारकानयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन् । हालै बागबजार, काठमाडौँ स्थितएनसीसी बैंकको केन्द्रियकार्यालय र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबिच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ ।


बैंक र रिसोर्टबिचएनसीसी बैंकको डेबिट तथा क्रेडिटकार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गकाग्राहक र बैंककाकर्मचारीहरुलाई रिसोर्टमाउपलब्धविभिन्न सेवाहरुमाविशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । रिसोर्टले फुडएण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थक्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौनाजाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।


देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्नाग्राहकहरुलाई स्तरीय सेवाप्रदान गरिरहेको छ ।

प्रतिक्रिया