आइतबार, असार २२, २०८२

त्रिदेशीय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक

नेपालखोज २०७७ चैत २६ गते १८:२८

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले नेपाल, नेदरल्यान्ड्स र मलेसिया बिच हुने टि२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा हुने त्रिकोणात्मक सिरिजको पहिलो खेल नेपालले नेदरल्यान्ड्सँग वैशाख ४ मा खेल्ने छ ।

दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ । नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने छ । लिगमा शीर्ष दुईमा रहने सके नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ ।

प्रतिक्रिया