मंगलबार, वैशाख ११, २०८१

शनिबार पनि बैंक खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन

नेपालखोज २०७७ चैत २६ गते २०:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी शनिवार पनि बैंकहरु खुल्ला राख्न निर्देशन दिएको छ । आज बिहिबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

बैंकले चैत २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खुल्ला गरी राजस्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

केन्द्रिय बैंकले बैंकका क्लियरिङसम्बन्धि कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत पूर्ण रुपमा खुल्ला गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया