शुक्रबार, वैशाख ७, २०८१

कोरोना संक्रमणकाे भयावह स्थितिमा आईपीएल

नेपालखोज २०७७ चैत २७ गते ९:०२

काठमाडौं । भारतमा कोरोना संक्रमणकाे अवस्था भयावह छ । यहीबीच भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ । आज हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु हुने छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिइरहेकाले आईपीएल क्रिकेट प्रतियोगिता आयोजना हुने कि नहुने भन्ने अन्यौल थियो । प्रतियोगिताका खेल खेलाइने ६ शहरहरुमध्ये धेरैजसो कोरोना संक्रमणको चपेटामा परेका छन् । यद्यपि आईपीएल सुरक्षित रुपमा खेलाउन आवश्यक सबै तयारी गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ ।

गत वर्ष आईपीएलको तेह्रौं संस्करण दुबईमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया