शुक्रबार, वैशाख १४, २०८१

कुवेतका विदेशी मजदुरलाई खुसीकाे खबर, एक वर्षपछि अर्को कम्पनीमा भिसा परिवर्तन गर्न पाइने

नेपालखोज २०७७ चैत २७ गते ११:५२

काठमाडौं । कुवेतमा साना तथा मझौला कम्पनीहरु (एसएमइ)मा काम गर्ने कामदारहरुले एक वर्षपछि अर्को कम्पनीमा भिषा परिवर्तन गर्न पाउने भएका छन् । नियम लागु भएसँगै त्यहाँ काम गर्न जाने कामदारहरुले तीन वर्षको सट्टा वर्क परमिट (भिषा) जारी गरेको एक वर्षपछि साना र मझौला कम्पनीहरुमा सशर्त परिवर्तन गर्न सक्ने भएका हुन् ।

तर वर्क परमिट परिवर्तन गर्नका लागी रोजगारदाताको स्वीकृति भने आवश्यक रहेको छ । कोरोना भाइरसको सामना गर्न कुवेतले अपनाएको सावधानी र श्रम बजारमा पर्ने प्रभावको पुनरावलोकनपछि कुवेतका वाणिज्य तथा उद्योग मन्त्री डा. अब्दुल्ला अल सलमानले निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुवेतमा तीन वर्ष पूरा गरेपछि मात्र कम्पनी परिवर्तन गर्न सक्ने नियम रहेको थियो । कुवेत सरकारको यो निर्णयसँगै त्यहाँ रहेका ७० हजार नेपाली कामदारहरुलाई पनि फाइदा पुग्ने जनाइएको छ ।

प्रतिक्रिया