शुक्रबार, वैशाख १४, २०८१

उत्तर कोरियामा खाद्य संकटकाे सम्भावना

नेपालखोज २०७७ चैत २७ गते १२:४९

काठमाण्डाैं । उत्तर कोरियामा खाद्य संकट आउन सक्ने भएकाे छ । यसकाे मध्यनजर गर्दै उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो सङ्कटका लागि तयार रहन आग्रह गरेका छन् ।

नेता किमले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको गम्भीर भोकमरीसँग तुलना गरेका छन् । उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात निर्यात ठप्प छ । जापानले उत्तरलाई प्रतिबन्ध लगाएकाे छ । साउथ काेरियासँग उत्तरकाे सम्बन्ध पहिलेबाट नै राम्राे छैन ।

चीनसँगको आर्थिक गतिविधि उत्तर कोरियाका लागि ‘लाइफ लाइन’ मानिन्छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक प्रतिबन्ध लागेका कारण पनि अवस्था थप सङ्कटपूर्ण बनेको हो । मानव अधिकारवादी संस्थाले उत्तर कोरियामा गम्भीर खाद्य सङ्कट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी समेत दिएका छन् । यस्ताे अवस्था आएकाे खण्डमा उत्तरले धेरै जनतालाई गुमाउनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया