शुक्रबार, चैत १६, २०८०

कालिमाटी फलफूल तथा तरकारी बजार माछापोखरीमा बिओकेको क्यु आर कोड सेवा

नेपालखोज २०७७ चैत २७ गते १३:५५


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यु आर कोड विस्तारित गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी क्यु आर कोड सेवाको आज शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलबाट समुद्घाटन भएको हो । उक्त शुभारम्भ कार्यक्रम कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।


उक्त औपचारिक शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यु आर कोड स्क्यान गरी भुक्तानी गरेकाछन । कार्यक्रममा सम्बोधन गर्दै कार्यकारी निर्देशक कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए ।


साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डुलाई धन्यवाद दिएका थिए ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया