शुक्रबार, जेठ ३, २०८२

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७७ चैत २७ गते २१:०६

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका–५ घर भएका ३८ वर्षीय राजन भन्ने जगत बहादुर राईलाई बिहीबार साँझ पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकीएको थियो । तर फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट पक्राउ गरेको हो ।

जगत बहादुर समेतले खाडी मुलुक ओमानमा घरेलु कामदारको रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी विना श्रम स्वीकृती गैह्रकानुनी रुपमा २०७३ फागुन १३ मा पीडितबाट ३ लाख ५० हजार रुपैयाँ लिएका थिए ।

प्रतिक्रिया