शुक्रबार, वैशाख १४, २०८१

नयाँ वर्षमा सानिमा बैंकको ‘नयाँ रहर, नयाँ अफर’ योजना

नेपालखोज २०७७ चैत २७ गते २१:३३

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘नववर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामानखरिद गर्दा विशेष छुट दिने भएको हो ।

यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १,०००/ सम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा २० प्रतिशत वा अधिकतम् १,५००/ रसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ । उक्त सम्झौतापत्रमा सानिमा बैंक लि।को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरे । सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया