शुक्रबार, चैत १६, २०८०

४ सयले घट्याे सुनकाे भाउ

नेपालखोज २०७७ चैत २९ गते १२:१४

काठमाडौं । आइतबार सुनको भाउ घटेको छ । सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ८९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

चाँदी पाँच रुपैयाँ सस्तिएको छ । महासंघका अनुसार शुक्रबार चाँदी तोलामा एक हजार २ सय ८० रुपैयाँ कायम भएको थियो । आइतबार एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया