शुक्रबार, वैशाख ७, २०८१

कूचविहार घटना दुर्घटना नभएर नरसंहार हाे : ममता बनर्जी

नेपालखोज २०७७ चैत २९ गते १२:३८

भारत । पश्चिम बंगाल राज्यमा रहेको कूचविहारमा शनिवार सीआईएसएफ र भीडबीच झैझडपा हुँदा सुरक्षाकर्मीको गोली लागेर चारजनाको मृत्यु भएकाे छ । त्यसपछि ममता बनर्जीले माेदी सरकारलाई जानीजानी नरसंहार गरेकाे आराेप लगाएकी छन् ।  पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले मानिसहरूलाई गोडामा नभई घाँटी र छाती ताकेर गोली चलाइएकाे कारण याे दुर्घटना नभएर नरसंहार भएको आरोप लगाएकी हुन् ।
 

सीआईएसएफका अनुसार, बिहान साढे ९ बजेतिर बूथ नं १२६ नजिक सीआईएसएफको क्विक रियाक्सन टीमलाई ५० देखि ६० जनासम्मको भीडले आक्रमण गरेको थियो । स्थानीय प्रहरीसँग मिलेर सीआईएसएफका जवानले राउन्ड लगाइरहेका थिए । मतदाताहरूलाई मतदान केन्द्रसम्म पुग्न नदिनका लागि प्रयास गरिरहेका तत्त्वहरूलाई उनीहरूले रोक्ने प्रयास गरेका थिए ।’
 

सीआईएसएफले अस्तव्यस्त स्थिति भएपछि एक बालक लडेको र भीडले सीआईएसएफ टोलीको गाडी तोडफोड गरेको र जवानहरूलाई आक्रमण गरेको जनायो । घटना कूचविहारमा रहेको माथाभंगाको शीतलकुची मतदान केन्द्रमा भएको हो । भीडले केन्द्रीय सुरक्षाबललाई आक्रमण गरेपछि फायर खोलेको र चारजना मारिएको बताइएको छ । 

प्रतिक्रिया