बिहीबार, वैशाख १३, २०८१

भारतमा काेराेना नियन्त्रण बाहिर

नेपालखोज २०७७ चैत २९ गते १२:४४

काठमाडौं । भारतमा काेराेना नियन्त्रण बाहिर पुगेकाे छ । दिनानुदिन काेराेना संक्रमण बढ्दै गएपछि भारतमा काेराेना नियन्त्रण बाहिर पुगेकाे हाे ।  भारतमा कोरोना संक्रमित र मृतकको संख्या तीव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सन् २०२१ लागेपछि लगातार दैनिक एक लाख भन्दा बढी संक्रमित भेटिएको यो पाँचौ दिन हो । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार ८७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड ३३ लाख ५८हजार ८ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ८ सय ३९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार २ सय ५७ पुगेको छ ।

गत २४ घण्टामा भारतमा ९० हजार ५ सय ८४ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ११ लाख ८ हजार ८७ रहेको छ । भारतमा १४ लाख १२ हजार ४७ वटा नमुना परिक्षण गरिएको थियो । हालसम्म त्यहाँ २५ करोड ६६ लाख २६ हजार ५ सय ५० नमुना परिक्षण गरिसकिएको भारतीय चिकित्सा अनुसन्धान केन्द्रले जनाएको छ ।

भारतमा हालसम्म १० करोड १५ लाख ९५ हजार १ सय ४७ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । आजबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘चार दिने टिका उत्सब’ ( खोपको कार्यक्रम ) शुरु भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया