बिहीबार, चैत १५, २०८०

जसपासँग ओली सरकारकै सत्ता साझेदारी हुने राजन भट्टराईकाे दाबी

नेपालखोज २०७७ चैत २९ गते १३:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा एमालेका नेता डा.राजन भट्टराईले जनता समाजवादी पार्टीसँग सत्ता साझेदारीका विषयमा छिट्टै सहमति हुने बताएका छन् । उनले सहमतिका लागि छलफल धेरै अगाडि बढिसकेको समेत दाबी गरेका छन् ।

जसपाले उठान गरेका समाधान गर्न मिल्ने मागहरु सरकारले पूरा गर्ने चासाे लिएकाे पनि उनले बताए । साे कुरा उल्लेख गर्दै राजनले जसपासँग सत्ता साझेदारी हुनसक्ने दाबी गरेका हुन् । देशलाई राजनीतिक संकटबाट निकास दिन तीनवटा मात्रै विकल्प रहेको उल्लेख गर्दै उनले पहिलो वर्तमान सरकारको निरन्तरता, दोस्रो निर्वाचनमा जानुपर्ने र अन्तिम विकल्प वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर सरकार परिवर्तन गर्नु रहेको प्रष्ट पारेका हुन् ।

प्रतिक्रिया