बिहीबार, कार्तिक २९, २०८१

शिवपुरी-नागार्जुन निकुञ्जमा डढेलो : नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी खसालियो

नेपालखोज २०७७ चैत २९ गते १६:२१

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाइएको छ । सिम्रिक एअरको हेलिकप्टरबाट पानी खसाइएको हो ।

हेलिकप्टरले पानी खसाए पनि डढेलो पूर्ण नियन्त्रणमा आउन सकेको छैन । बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो अहिले धेरै ठाउँमा फैलिइसकेको छ ।

डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।काठमाडौंका दुई वटा दमकल गएर नियन्त्रणको प्रयास गरे पनि डढेलो सडकभन्दा धेरै माथि पुगेकाले सफल हुन नसकेपछि दमकल फर्किएका छन् ।

प्रतिक्रिया