बिहीबार, वैशाख १३, २०८१

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा मास्‍के

नेपालखोज २०७७ चैत २९ गते १८:०८

काठमाडौं । नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. सुभित मास्के निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी डा. कुम्भराज जोशीलाई पराजित गरे । डा. मास्केले ६०६ मत प्राप्त गरेका छन् भने जोशीले २७७ मत प्राप्त गरे ।

महासचिवमा डा. गालब अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५४८ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी डा. जोन गुरुङलाई पराजित गरे । गुरुङले ३३३ मत प्राप्त गरे ।

नेपाल डेन्टल एसोसिएसन प्रशासनका अनुसार कोषाध्यक्षमा डा. निश्चल कुवँर ४४० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी डा. चेतन बस्‍नेतले ४१७ मत प्राप्त गरे ।

यसअघि उपाध्यक्षमा डा. अजयकुमार शाह, सहसचिवमा डा. विश्वप्रकाश ठाकुर निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी सदस्यहरूमा पनि डा. अच्युत भट्ट, डा. हरिप्रसाद ओली, डा. लोकेश बर्मा र डा. खिलिशा पोखरेल यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया