शुक्रबार, वैशाख १४, २०८१

भारतद्वारा रेमडेसिभिर औषधि निर्यातमा पुनः रोक

नेपालखोज २०७७ चैत २९ गते २१:०१

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेसँगै भारत सरकारले रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाएको छ ।

कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाइएको समाचार संस्था पीटीआईले जनाएको छ । कोरोना संक्रमितमाथि रेमडेसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ ।

यसका साथै रेमडेसिभिर भएका एन्टिभाइरल इन्जेक्शन र यसको एक्टिभ फर्मास्युटिकल इन्ग्रिडिएट्स (एपीआई) को निर्यातमा पनि रोक लगाएको पीटीआईले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा उपचारका लागि आवश्यक औषधिको माग पनि बढेको छ । ११ अप्रिलसम्ममा ११ लाख ८ हजार संक्रमित छन् र यो संख्या निरन्तर बढिरहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले औषधि निर्माता कम्पनीलाई आफ्नो वेबसाइटमा उक्त औषधिको मौजुदा भण्डारण तथा वितरणको जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ ।

साथै, नियमनकारी निकायलाई उक्त औषधिको भण्डारणको जाँच गर्न तथा कालोबजारी हुन नदिन कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया