बिहीबार, चैत १५, २०८०

मुख्यमन्त्री राईद्वारा सर्वदलीय बैठक आह्वान

नेपालखोज २०७७ चैत ३० गते ११:०७

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सामबार सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रदेशसभामा प्रतिपक्षी दलले गरेको अवरोध सामधानका लागि भन्दै मुख्यमन्त्री राईले आज सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेपछि त्यसलाई हटाउने विषयमा छलफल गर्न मुख्यमन्त्री राईले सर्वदलीय बैठक डाकेका हुन् ।

चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सूचारु गर्नुपर्ने माग राखेका विपक्षी दलहरूले बैठक अवरोध गर्दै आएका छन् ।

प्रदेश सभामा अवरोध कायम रहँदा आज दिउँसो १ बजे डाकिएको बैठक पनि अघि बढ्ने सम्भावना छैन । अवरोध हटाउने विषयमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक निष्कर्षविहीन भएको थियो ।

प्रतिक्रिया