बिहीबार, चैत १५, २०८०

सुनको मूल्यमा सामान्य वृद्धि

नेपालखोज २०७७ चैत ३० गते ११:४५

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार ८९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्यमा एक सयले बढेर प्रतितोला ८९ हजार ६ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य ८९ हजार एक सय ५० कायम रहेको छ ।

आइतबार प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा कुनै परिवर्तन नभइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया