बिहीबार, वैशाख १३, २०८१

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै

नेपालखोज २०७७ चैत ३० गते १२:४९

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । झण्डै ६ महिनापछि प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक सोमबार बस्दैछ ।

६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसअघि ४ कात्तिकमा चौथो अधिवेशन अन्त्यको घोषणा गरिएको थियो ।

सोमबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची छ । अन्य कार्यसूचीबारे दलका नेताहरुसँग छलफल भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको बैठक आह्वान भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्नो दलको नेता परिवर्तन गरेका छन् । एमालेले आफ्नो दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुद्यन महतोलाई र माओवादीले भरत साहलाई चयन गरेको छ ।

प्रतिक्रिया