बिहीबार, चैत १५, २०८०

सूचनाको हक प्रवर्द्धनका लागि विवेकशीलको अभियान

नेपालखोज २०७७ चैत ३० गते १३:४९

काठमाडौं । सार्वजनिक निकायलाई जवाफदेही बनाउन विवेकशील पार्टीले सूचनाको हक प्रवर्द्धन गर्न अभियानको सुरु गरेको छ । पार्टीले नागरिकलाई पोष्टकार्ड वितरण, सूचनाको हक सम्बन्धी प्रशिक्षण र सूचनाको हक सम्बन्धी निवेदन तयार गर्ने वेब एप्लिकेसन बनाउनुका साथै पार्टीको सूचना अधिकारी पनि तोकेको छ ।

सूचनाको हक प्रवर्द्धन गर्ने हेतुले संघीय कार्यालय, नक्साल र मकवानपुरमा सूचनाको हक सम्बन्धी प्रशिक्षण संचालन समेत गरेको छ । विगतमा पनि अनलाइन मार्फत प्रशिक्षण कार्यक्रमहरु संचालन गर्दै आएको बताउदै विवेकशील पार्टीकी नेत्री साधना राईले भनिन्, ‘पारदर्शीता लोकतन्त्रको मेरुदण्ड भएको र लोकतन्त्र थप बलियो बनाउँदै, लोकतान्त्रिक मूल्यमान्यताहरूलाई संस्थागत गराउन सके मात्र सार्वजनिक निकायहरूलाई जबाफदेही बनाउन सकिने र नागरिकले शासन प्रणालीमा अपनत्व गर्न सक्ने भएकोले हामीहरूले सूचनाको हकको प्रचारप्रसार अभियानकै रूपमा अगाडि बढाएको र आगामी दिनमा पनि समुदाय र विशेष गरी युवाहरु माझ पुगेर यो अभियान अघि बढाउने छौं ।’

विवेकशील पार्टीले गुनासा पठाउन सहजताकालागि छुट्टै साइट (rti.bibeksheel.org) सञ्चालनमा समेत ल्याएको छ । उक्त साइटमा गएर केही मिनेटमा नै सूचनाको हकको निवेदन अत्यन्त सरल तरिकाले तयार पार्न सकिने पार्टीका सूचना प्रविधि कार्यदलका संयोजक सन्दीप रिमालले बताए ।

विवेकशीलले आफ्नो पार्टीमा पनि सूचना अधिकारीको प्रवक्तामा विजय बाबु शिवाकोटीलाई सूचना अधिकारीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया