बिहीबार, चैत १५, २०८०

माओवादी केन्द्रले गर्‍यो चार सांसदलाई कारबाही

नेपालखोज २०७७ चैत ३० गते १४:१४

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चारजना सांसदलाई बर्खास्त गरेको छ । माओवादी केन्द्र छाडेर नेकपा एमालेतर्फ लागेकोले पार्टीको केन्द्रीय समितिले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको हो ।

योसँगै उनीहरूको सांसद पद समेत गुमेको छ । यी चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र नेकपा माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई समेत बुझाइसकेको छ ।

पार्टीले उनीहरूसँग स्पष्टीकरण सोधेको र २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई बर्खास्त गरिएको एकजना प्रदेशसभा सदस्यले जानकारी दिए ।

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना मात्रै रहने भएका छन् ।

प्रतिक्रिया