बिहीबार, वैशाख १३, २०८१

‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको चर्च ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

नेपालखोज २०७७ चैत ३० गते २०:२९

काठमाडौं । चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बन्दै ‘बी’ डिभिजनमा बढुवा भएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा झापा फुटबल क्लबलाई दुई–एकले हराउँदै चर्च ब्वाइज उपाधिसँगै बी डिभिजनमा बढुवा भएको हो । च्याम्पियन चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गर्‍यो ।

त्यस्तै दोस्रो भएको वीरगञ्जले सात लाख र तेस्रो भएको सामाजिक युवा क्लबले चार लाख रुपैयाँ प्राप्त गरेका छन् । सामाजिक युवा क्लब र वीरगञ्ज युनाइटेड क्लब पनि सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् ।

‘सी’ डिभिजनको सुपर सिक्स अन्तर्गत अन्तिम खेलमा वीरगञ्जले खालीबारी युथ क्लबलाई तीन–एकले र सामाजिक युवा क्लबले वीरगञ्ज युथ एकेडेमीलाई एक–शून्यले हराएपछि बी डिभिजनमा बढुवा भएका हुन् । सानो गौचरण युवा क्लब भने ‘सी’ डिभिजनबाट पनि घटुवा भएको छ ।

प्रतिक्रिया