शनिबार, वैशाख ८, २०८१

सरकारकाे खेलाँचीले बढायाे काेराेना

नेपालखोज २०७७ चैत ३१ गते ८:०७

काठमाडौं ।  हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । 

यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । 

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन जेष्ठ नागरिकको ज्यान गएको छ । 

कैलालीको गौरीफन्टा नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरिएन्टको कोरोना भेटिएको छ । 

प्रतिक्रिया