शुक्रबार, वैशाख ७, २०८१

पञ्जाव राजस्थामाथि ४ रनले विजयी

नेपालखोज २०७७ चैत ३१ गते ८:३३

काठमाडाैं । जारी आइपीएलमा पञ्जाब किङ्स विजयी भएको छ। मुम्बईमा सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४ रनले हराउँदै पन्जाबले सुखद सुरुवात गरेको हो।

पन्जाबले दिएको २ सय २२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनमात्र बनाउन सक्यो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। विस्फोटक ब्याटिङ गरेका सन्जुले ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गरे।

सन्जु आइपीएल इतिहासमा डेब्यु कप्तानीमा शतक बनाउने पहिलो खेलाडी हुन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

प्रतिक्रिया